२७ आश्विन २०८१, आइतबार

मन्त्रीहरु बाहिर सांसदहरुलाई कुराएर, भित्र दलालहरुसँग बस्छन्ः सांसद महरा

प्रकाशित मिति :  11 February, 2024 2:10 pm


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद महेशकुमार महराले सरकारका मन्त्रीहरुले विकास निर्माणका योजना लिएर जाने सांसदहरुलाई भेट नदिने गरेको बताएका छन्।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद महराले सांसदहरुलाई सरकारका मन्त्रीहरुले भेट नदिने गरेका गुनासो गर्दै विकास निर्माणका योजनाहरुसँग सम्बन्धित काम लिएर जाँदा मन्त्रीहरुले वेवास्ता गर्ने गरेको बताए ।

उनले भने, “एउटा माननीय बाहिर कुरिरहेको हुन्छ । भित्र कुनै अमुक व्यक्ति दलालहरु आएर बसिरहेका हुन्छन् । तर माननीयहरुले भेट्न पाउँदैनन् । खबरदार म यहाँबाट के भन्न चाहन्छु भने यदि तपाईहरुले संसदका सदस्य माननीयज्युहरु प्रति त्यस्तो व्यवहार गर्नुहुन्छ भने हामीले तपाईका बिरुद्ध फेरि यो भन्दा कडा सदनमा त बोल्छौँ, बोल्छौँ ।”

आगामी दिनमा पनि मन्त्रीहरुले सांसदहरुलाई त्यसरी वेवास्ता गरेमा मन्त्रीका बिरुद्धमा संसदमा कडा रुपले प्रश्तुत हुने र मन्त्रीहरुका बिरुद्धमा मिडियामा जानेसम्मको चेतावनी दिए।

उनले थपे, “हामी बाहिर मिडियामार्फत पनि जान तयार छौँ । प्रधानमन्त्रीलाई म के भन्छु भने जो मन्त्रिहरु छन्, उहाँहरुलाई निर्देशन दिनुप¥यो । यसरी सुशासन कायम हुन सक्दैन । यसरी सामाजिक न्याय र सोह्रौँ पञ्चवर्षीय योजनाको सोच पूरा हुँदैन ।”

सांसद महराले सुदूरपश्चिमको पर्यटन विकासका लागि संघीय सरकारले ध्यान दिनुपर्ने बताए। उनले जयपृथ्वी राजमार्ग अलपत्र अवस्थामा रहेको भन्दै सो राजमार्गको सुधार गर्न माग गरे।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !