२७ आश्विन २०८१, आइतबार

भारतसँगको सीमानामा कडाई गर्नुपर्छः सांसद पन्त

प्रकाशित मिति :  11 February, 2024 6:14 pm


काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपर्ने बताएका छन् ।

आइतवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाल जो आएर बसेपनि हुने देश बनेको बताए ।

पन्तले नेपालमा जो आएर जे गरेपनि हुने हो ? भन्दै प्रश्न गरे । उनले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सीमाना भएको जिकिर गरे ।

उनले भने, “हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ । त्यसमा टाइट गर्नैपर्छ । आउने जानेको तथ्यांक राख्नुपर्छ । विमानस्थलसहित भुगोलको बोर्डर पनि कडाइ हुनुपर्छ । तीन चार हजार रोहिंग्याहरूको तथ्यांक नाघिसकेको छ ।”



प्रतिक्रिया दिनुहोस !