२७ आश्विन २०८१, आइतबार

राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो बनाऔँ: सांसद गुरुङ

प्रकाशित मिति :  11 February, 2024 6:25 pm


काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताएका छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि आजसम्म राष्ट्रिय सुरक्षा नीति नबनेको भन्दै चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताएका हुन् ।

उनले सीमा व्यवस्थापन तथा सञ्चालन सम्बन्धी ऐन पनि बताउनुपर्ने बताए । उनले देशको व्यवस्था फेरिएपनि सरकारको काम गर्ने संयन्त्रहरु नफेरिएको भन्दै यसले काम गर्न गाह्रो भएको बताए ।

उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि राष्ट्रिय सुरक्षा नीति नै छैन हाम्रो अहिलेसम्म । सबै चिजहरुलाई यसले प्रभावित गरिराखेको हुन्छ । राष्ट्रिय सुरक्षा नीति हाम्रो बनाउनुपर्‍यो । सीमा व्यवस्थापन र सञ्चालन गर्ने पनि ऐन छैन हाम्रो । यो अर्को ठूलो समस्या हो । समस्या भइरहेको छ । सीमा व्यवस्थापन तथा सञ्चालन ऐन चाँडोभन्दा चाँडो ल्याउनपर्‍यो ।”

सांसद गुरुङले सबै ऐनहरूलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । सबै जनशक्तिको पनि आधुनिकीकरण गर्नुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !