२७ आश्विन २०८१, आइतबार

एनसेलको सेयर खरिद प्रकरणको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

प्रकाशित मिति :  11 February, 2024 6:30 pm


काठमाडौँ । एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

उनले भने, “एनसेल सेयर खरिद प्रक्रियाका बारेमा अध्ययन समितिले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गरी समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ।”

समिति बैठकमा सरकारलाई निर्देशन दिँदै समिति सभापति ऋषिकेश पोखरेलले लुम्बिनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएको सम्झौतालगायत सबै कार्यहरू आजका मितिदेखि खारेज गर्ने नेपाल सरकारलाई निर्देशन पनि निर्णय गरेको जनाए । उनले सम्झौता कार्यमा संलग्नमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिए ।

उनले युनिस्कोको मापदण्ड कानुनी प्रक्रियाअनुसार मात्रै कार्य प्रारम्भ गर्ने र मापदण्डविपरीत भएका क्षेत्रहरूको थप अनुसन्धान गर्न सरकारलाई आग्रह गरे ।

उनले रामग्राम क्षेत्रमा जग्गा अधिग्रहण गर्नको लागि बजेट व्यवस्थापन गर्ने नेपाल सरकारलाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !