२७ आश्विन २०८१, आइतबार

तीन प्रदेशका उच्च पहाड र हिमाली भेगमा हल्का हिमपात, बाँकी स्थानमा मौसम सफा रहने

प्रकाशित मिति :  12 February, 2024 7:33 am


काठमाडौँ। आगामी २४ घण्टामा मौसम सामान्यतया सफा रहने भएको छ ।

सोमवार जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

मौसम प्रतिकूलताका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले सजकता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !