९ मंसिर २०८१, आइतबार

पहाडी भेगमा छिटपुट वर्षा, उच्च पहाड र हिमालमा हिउँ पर्ने

प्रकाशित मिति :  13 February, 2024 6:53 am


काठमाडौँ। मंगलवार देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलवार दिउँसो देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलवार राती देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले सचेत रहन विभागले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !