२७ आश्विन २०८१, आइतबार

फागुन ३ गतेदेखि ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’ सुरू हुने

प्रकाशित मिति :  13 February, 2024 1:00 pm


काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिकामा फागुन ३ देखि १३ गतेसम्म ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’ सुरू हुने भएको छ ।

चापाकोट उद्योग वाणिज्य संघको आयोजना र चापाकोट नगरपालिकाको सहयोगमा चापाकोट नगरपालिका वडा नम्बर ९ गंगालाल माविको खेलमैदानमा हुने मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघको अध्यक्ष निर्मल रानाले जानकारी दिए ।

आयोजकका अनुसार महोत्सव भव्य र सफल बनाउनका लागि ३९ वटा उपसमिति गठन गरिएको छ । मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको लगाएतका कार्यक्रम हुने अध्यक्ष रानाको भनाइ छ ।

महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिने आयोजकले जनाएको छ । महोसत्वको उद्धघाटन नेपाल सरकारका कानुनी न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !