२७ आश्विन २०८१, आइतबार

मधेसवादमाथि संकटको बादल लाग्यो, जागरण अभियान आवश्यक छः वरिष्ठ नेता महतो

प्रकाशित मिति :  13 February, 2024 6:15 pm


काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका छन् ।

मंगलवार जनकपुरधाममा आफू निकट नेता, कार्यकर्ताहरूसँग छलफल कार्यक्रम गर्दै वरिष्ठ नेता महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका हुन् । उनले मधेसवादमाथि संकट लागेको अवस्थामा जागरण अभियानको आवश्यकता रहेको बताए ।

उनले मधेसले पाएको अधिकार खोस्ने तयारी भइरहेको भन्दै त्यसको प्रतिकारका लागि उत्पीडनमा परेका सबै जागरण अभियानमा लाग्नुपर्ने बताए ।

महतोले आगामी निर्वाचनमा मधेसवादी दलहरूले जित्ने सम्भावना नरहेको भन्दै अहिलेदेखि नै जनतालाई जागृत गराउनुपर्ने बताए । वरिष्ठ नेता महतोले मधेसवादको रक्षाका लागि नयाँ शक्ति निर्माणको आवश्यकता रहेको बताए ।

उनले मधेस प्रदेश सरकार काँग्रेस र कम्युनिस्टहरूले जस्तै गरी चलाउँदा मधेस केन्द्रित दलहरुप्रति वितृष्णा जागृत भएको बताए ।



प्रतिक्रिया दिनुहोस !