२७ आश्विन २०८१, आइतबार

माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन्ः अध्यक्ष ओली

प्रकाशित मिति :  13 February, 2024 6:31 pm


काठमाडाैँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरूलाई अल्मल्याइरहेको आक्षेप लगाएका छन् ।

मंगलवार नेकपा(एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रिय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उनले यस्ताे बताएका हुन् । उनले माधव नेपालले मान्छेहरूलाई भ्रम दिएर झुक्याएको पनि बताए । उनले अध्यक्ष नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर अल्मल्याएको समेत बताए ।

उनले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र अपराधिक मनोवृत्ति भएको व्यक्तिको रुपमा टिप्पणी गरे । अध्यक्ष ओलीले तत्कालिन महाकाली सन्धीको बिरोधमा पार्टी फुटाउनेहरू सो इस्युलाई त्यहीँ छाडेर पुनः एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको पनि उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !