२७ आश्विन २०८१, आइतबार

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्रकाशित मिति :  13 February, 2024 7:45 pm


काठमाडाैँ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ६, मस्याङको मस्याम स्थित ईकोफम हाउस नजिकै जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा मंगलबार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

तत्काल प्रहरी परिचालित गरि घाइतेहरूको उद्धार गरी घाइते सबैको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !