२७ आश्विन २०८१, आइतबार

बुधवार छ प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा, अधिकांश उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात

प्रकाशित मिति :  14 February, 2024 6:59 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सूदुरपश्चिममा भने वर्षाको सम्भावना कम छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !