२७ आश्विन २०८१, आइतबार

कृषि क्षेत्रको विकासमा योगदान पुर्याएकोमा पूर्व सचिव कार्की भारतमा सम्मानित

प्रकाशित मिति :  14 February, 2024 12:26 pm


काठमाडौँ । भारतको मधुवनीमा आयोजित कृषि प्रदर्शनी तथा अन्तराष्ट्रिय सम्मेलनमा नेपालका पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा.योगेन्द्रकुमार कार्की सम्मानित भएका छन् ।

कार्की साउथ एसिया रिजनमा कृषि क्षेत्रको विकास र साना तथा सिमान्त कृषकको जीवनस्तर उकास्न गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

विहार सरकार तथा एसके चौधरी एडुकेशन ट्रस्टले आयोजना गरेको सो सम्मेलनमा कृषि अर्थशास्त्र समाजका अध्यक्ष समेत रहेका कार्कीलाई विहारका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकर, ट्रसका अध्यक्ष डा.शान्तकुमार चौधरी लगायतले दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो ।



प्रतिक्रिया दिनुहोस !