२७ आश्विन २०८१, आइतबार

पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण देशभर बदली

प्रकाशित मिति :  14 February, 2024 3:12 pm


काठमाडौँ । पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौँ उपत्यकासहित देशभर बदली भएको छ ।

आज बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ । जल तथा विपद् विज्ञ धर्मराज उप्रेतीकाअनुसार पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ ।

सुदूरपश्चिम का पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ । देशको अन्य भाग कर्णालीदेखि वागमती प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ ।

केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको विज्ञले बताए। बादल आज रातिदेखि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !