८ मंसिर २०८१, शनिबार

अहिले गरिव र विपन्नहरूले उपचार पाउने क्रम बढेको छः स्वास्थ्यमन्त्री बस्नेत

प्रकाशित मिति :  14 February, 2024 3:15 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिव र विपन्नहरूले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन् ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिवद्धता जनाए । उनले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

“निःशुल्क उपचार गरिदिनुप¥यो भन्नेकुरा नेतादेखि लिएर धेरै खालका मानिसले भन्न आउँछन् । निःशुल्क कसरी गर्ने रु त्यसका लागि चाहिने उपकरण, अरु खर्च कसरी धान्ने र त्यो असपतालमा त्यो रकम छ की छैन, त्यो खालको सुविधा दिनलाई भन्नेमा साँच्चै भन्दा अमुक छ । तर संविधानमा लेखिसक्यौँ, शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार हो, उनले भने, “भाषण गर्दा हामी थाक्दैनौँ । तर त्यो कसरी गर्ने भन्ने थाहा छैन । म आएपछि केही व्यवस्थित गरेका छन् । अस्पताल इक्वीपमेण्टहरु खरिदका लागि सरकारले भन्सार छुट दिएको छ । त्यो सुविधा दिएबापत उहाँहरुले पनि सम्बन्धित अस्पतालहरुले सहयोग गर्नुपर्ने हो, सहयोग गरेको अवस्था थिएन ।”

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार भएको बताए ।



प्रतिक्रिया दिनुहोस !