४ आश्विन २०८१, शुक्रबार

नेपालगञ्जमा स्थानीयवासी र प्रहरीबीच झडप, प्रहरीको गाडीमा क्षति

प्रकाशित मिति :  5 May, 2020 12:36 pm


बाँके, २३ वैशाख ।

नेपालगञ्जमा निषेधाज्ञा अघि नै प्रहरीले पसल बन्द गराउन खोजेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

११ बजेदेखि निषेधाज्ञा जारी भएपनि प्रहरीले १० नबज्दै पसल बन्द गराउन सुरु गरेपछि झडप भएको स्थानीयवासीको दाबी छ । नेपालगञ्ज त्रिवेणी मोडमा पसल सञ्चालक शिवकुमार गुप्ता, उनका छोरा रवि गुप्तालगायत ४ जनालाई प्रहरीले आक्रमण गरेको प्रत्यक्षदर्शी नेपाली कांग्रेसका क्षेत्रीय सभापति रमेश कुमार वैश्यले जानकारी दिए ।

झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरीको गाडीमा क्षति पुगेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक हरि बहादुर बस्नेतले निषेधाज्ञाको समय आउन लागेकाले भिडभाड नगर्न आग्रह गर्दा उल्टै प्रहरीमाथी आक्रमण भएको दाबी गरे ।

प्रहरीमाथी हातपात गरेको आरोपमा व्यापारी गुप्तालाई नियन्त्तणमा लिएर सोधपुछ भईरहेको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

नेपालगञ्जमा २३ जना कोरोना संक्रमित भेटिएपछि आज विहान ११ बजेदेखि ३ दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ ।

सम्बन्धित समाचार :

बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, एकैदिन १५ जना संक्रमित भेटिए



प्रतिक्रिया दिनुहोस !