२९ पुस २०८१, सोमबार

माओवादी केन्द्रको विधान अधिवेशन: समूगत सुझाव संकलन सुरू

प्रकाशित मिति :  14 February, 2024 4:40 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव संकलन सुरू भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेकाे विधान मस्यौंदामाथि समूहका संयोजकले सुझाव प्रस्तुत गर्न सुरू गरिएको हो । मंगलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरू भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

एक समूहमा कम्तिमा ५० जना प्रतिनिधि रहने गरी विधानमाथिको छलफलका लागि समूह बनाइएको थियो ।

सम्मेलनमा भाग लिन पार्टीका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, विभिन्न मोर्चाका संयोजकहरूको सहभागिता रहेको छ । भोलि बिहीबार विधान अधिवेशन सकिने माओवादी केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !