२७ आश्विन २०८१, आइतबार

बिहीबारको मौसमः कोशी प्रदेशमा हल्का वर्षा, बाँकी क्षेत्रमा मौसम सफा रहने

प्रकाशित मिति :  15 February, 2024 6:49 am


काठमाडौँ। आगामी २४ घण्टामा कोशी प्रदेश बाहेका क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।

विभागका अनुसार आज कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको हुन सक्नेछ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भने कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

दिनमा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेने तथा बिहीबार राती
कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम प्रतिकूलताबाट बच्न आवश्यक सजकता अपनाउन अनुरोध गरिएको छ।

मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ क्लिक गर्नुहोला।



प्रतिक्रिया दिनुहोस !