२७ आश्विन २०८१, आइतबार

कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना हुँदा १० को मृत्यु, ३२ घाइते

प्रकाशित मिति :  15 February, 2024 7:40 am


काठमाडौँ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा बस दुर्घटना भएको छ। दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस सुरही खोलामा खसेको हो ।

प्रहरीका ३२ जना घाइते छन्, जस मध्ये ८ जनाको अवस्था गम्भीर छ। बाटोबाट २ सय मिटर तल खसेको हो। चन्द्रौटादेखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाईतेको उद्धार कार्यकालागि नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटना स्थल पुगेको छन। घाईतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभुत स्वास्थ्य के्रन्द्रमा उपचार केन्द्रमा लगाीएको छ।

बसमा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार थिए। प्रहरीले उद्धार कार्य जारी राखेकाे छ भने दुर्घटना बारे थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ।



प्रतिक्रिया दिनुहोस !