२७ आश्विन २०८१, आइतबार

ललिता निवास जग्गा प्रकरणको फैसला आज सुनाउने तयारी

प्रकाशित मिति :  15 February, 2024 9:46 am


काठमाडौँ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा निजी व्यक्तिहरूको नाममा गरिएको प्रकरणमा विशेष अदालतले आज फैसला सुनाउँदैछ।

विशेष अदालतले ललिता निवासको मुद्दा बुधबार हेर्दाहेर्दैमा राखेको थियो। आज बिहिबारका लागि यसको पेसी राखिएको छ।विशेष अदालतका माघ २ गतेदेखि न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै मुद्दा दायर गरेको थियो।

यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित ४ जना पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई अख्तियारले २०७६ माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।



प्रतिक्रिया दिनुहोस !