२७ आश्विन २०८१, आइतबार

वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गर्दैछन्: सभामुख घिमिरे

प्रकाशित मिति :  15 February, 2024 2:18 pm


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गरिरहेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले वितृष्णाको वातावरणमा खेल्ने कोसिसलाई राजनीतिक दलहरू र सम्पूर्ण नागरिकहरूले सामना गरेर अघि बढ्नको लागि एकतावद्ध हुन जरुरी रहेको बताए । उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबिच एकता रहेको बताए ।

उनले समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबिच एकता आवश्यक रहेको बताए । सभामुख घिमिरेले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्यता छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गरे ।

“राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ । अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ । सहमतिबाट नै योजनाहरू बन्नुपर्छ” उनले भने,”अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोसिस भइरहेको छ, यसलाई सामना गर्न मूलतः राजनीतिक दलहरूले र सँगै सम्पूर्ण नागरिकहरूले यसको सामना गरेर अघि बढ्नको लागि एकतावद्ध भएर अघि बढ्नुपर्छ ।”

सभामुख घिमिरेले सरकारले संसदमा बिस्तारै बिजनेस दिइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !