२७ आश्विन २०८१, आइतबार

कृषि विकास बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित

प्रकाशित मिति :  15 February, 2024 4:51 pm


काठमाडौँ । सरकारले ललितपुरको कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गत माघ २६ गते समस्याग्रस्त घोषणा गरिएको हो ।

संघीय सहकारी विभागमा संस्थाका २८८ जना बचतकर्ताहरूले २६ करोड ८८ लाख बराबरको बचत फिर्ताको मागदावीसहित निवेदन दिएका थिए । उक्त निवेदनपछि सहकारी विभागले विभागबाट स्थलगत अनुगमन र निरीक्षण समेत गरेको थियो ।

समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या १७ वटा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !