२७ आश्विन २०८१, आइतबार

गण्डकी प्रदेशमा भाेलि सार्वजनिक बिदा

प्रकाशित मिति :  15 February, 2024 5:35 pm


काठमाडौँ । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा भाेलि (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमाबिदा दिइएको जनाएको छ।

स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !