२७ आश्विन २०८१, आइतबार

काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रस्ताव पेस, भोलिबाट प्रस्तावमाथि छलफल हुने

प्रकाशित मिति :  15 February, 2024 5:45 pm


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रस्ताव पेस भएका छन् ।बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो ।

साथै पार्टीको राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रश्ताव र समग्र नीतिकासम्बन्धी प्रस्ताव पेस गरिएको पार्टीका नेता एवं अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए ।

बैठकमा सरकारको तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेस गरेको र पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रस्ताव र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रस्ताव पेस गरेको बताए ।

उनले आजको बैठकमा प्रस्ताव मात्रै पेस हुने र शुक्रवारबाट प्रश्तावमाथि छलफल हुने बताउनु भयो । अर्थमन्त्री महतले छलफल सकिएपछिको निस्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रस्ताव लैजाने बताए ।

नेता महतले केही जिल्लाहरूमा महासमिति सदस्य निर्वाचनमा केही सिमति ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !