२७ आश्विन २०८१, आइतबार

एमाले सचिवालय बैठकः प्रचार विभागमा ३ सदस्य मनोनित

प्रकाशित मिति :  15 February, 2024 6:29 pm


काठमाडौँ । नेकपा (एमाले) ले प्रचार तथा प्रकाश विभागमा तीन सदस्यलाई मनोनित गरेको छ । बिहीवार केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनित गर्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलले काठमाडौँका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनित गरिएको जानकारी दिए ।

बैठकले आगामी फागुन ८, ९ र १० गते बस्ने केन्द्रिय कमिटीको बैठकका लागि तर्जुमा गर्ने एजेण्डाको सम्बन्धमा पनि छलफल गरेको बताए । केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष कार्ययोजना राख्ने तय भएको उनले जानकारी दिए त्यसैगरी पार्टीलाई अझ व्यवस्थित बनाउने ढाँचाको सम्बन्धमा छलफल गर्ने कुरालाई पनि एजेण्डा बनाइने उनको भनाइ छ ।

महासचिव पोखरेलले गठबन्धन सरकार राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भिर विचलन देखापरेको भन्दै सरकारलाई दबाब दिने र जनपरिचालन गर्ने विषय पनि केन्द्रिय कमिटी बैठकको एजेण्डा बन्ने बताए ।

मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्नेहरु र अधिवेशनबाट बिदा भएकाहरुको व्यवसथपन गर्ने र पार्टीको केन्द्रिय कार्यालय भवन बनाउन पार्टी सदस्यहरुबाट न्युनतम सय रुपैयाँ उठाउने प्रस्ताव पनि केन्द्रिय कमिटी बैठकमा एजेण्डाको रूपमा प्रस्तुत गरिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !