२७ आश्विन २०८१, आइतबार

यस्तो छ शुक्रवार र शनिवारको मौसम

प्रकाशित मिति :  16 February, 2024 7:17 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ । शुक्रवार विहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ । तराइका थोरै स्थानहरुमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार शुक्रवार कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।गण्डकी प्रदेशको पहाडी भुभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

शुक्रवार राती कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वामानुमान छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागको मौसम पूर्वामानुमान बुलेटिनका अनुसार शनिवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिवार राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम प्रतिकूलताको असरबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !