२७ आश्विन २०८१, आइतबार

संविधान खतरामा परिसक्यो, राष्ट्रिय छलफल आवश्यक : पूर्वसभामुख ढुंगाना

प्रकाशित मिति :  16 February, 2024 1:28 pm


काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान खतरामा परिसकेको दाबी गरेका छन् । बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

संविधानमा देशको विगतकै नियति दोहोरिन लागेको छ ढुंगानाले भने संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको भइसक्यो, देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता नै हो।

कुरा संवैधानकि परिषद्, न्यायपरिषद् र इजलासको मात्रै नभई संविधान नै खतरामा परिसकेकोले राष्ट्रव्यापी छलफल आवश्यक रहेको ढुंगानाले बताए ।

“समग्र संविधानलाई हेर्दा म के देख्छु भने कन्फिक्ट जन्माउने संविधान भइरहेको छ । संविधान खतरामा परिसकेको छ । संविधानमा हाम्रो राष्ट्रको जुन नियति छ त्यो दोहोरिँदै छ । हाम्रो देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता हो । संविधान जति गणतान्त्रिक हुनुपर्ने हो त्यति भएको छैन,” ढुंगानाले भने ।



प्रतिक्रिया दिनुहोस !