२७ आश्विन २०८१, आइतबार

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक कृषि समितिबाट पारित

प्रकाशित मिति :  16 February, 2024 3:07 pm


काठमाडौँ । खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक,२०७७ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रवार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । समिति सभापति आरजु राणाले विभिन्न सरोकारवाला र कृषि,कानून र उद्योग मन्त्रीहरुसँगको पटक–पटकको छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको बताइन् ।

उनले राष्ट्रिय सभाबाट पारित भएर आवश्यक ऐन संशोधनको लागि समितिमा आएको विधेयक समिति सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा उपसमिति समेत बनाएर लामो छलफलपछि शुक्रवार पारित गरिएको बताइन् ।

उनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणको लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नेगरी खाद्य स्वच्छता सम्बन्धि विधेयक पारित गरिएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !