२८ आश्विन २०८१, सोमबार

निकुञ्ज अतिक्रमण गरेर भौतिक संरचना बनाइँदा समेत सरकार मुकदर्शक छ: मन्त्री महतो

प्रकाशित मिति :  17 February, 2024 3:02 pm


काठमाडौँ । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेर भौतिक संरचना बनाइँदा समेत सरकारले कारबाही गर्न नसकेको बताएका छन् ।

शनिवार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले जंगल अतिक्रमण गरी भौतिक संरचना बिस्तार भइरहँदा समेत सरकार मुकदर्शक बनेको बताएका हुन् ।

उनले कोशी प्रदेशमा निकुञ्जभित्र भौतिक संरचना बनाइँदा समेत सरकारले भत्काउन नसकेको बताए । उनले जंगलभित्र संरचना बनाइ जीवजन्तुहरुमाथि आक्रमण गर्ने काम भइरहेको बतए । उनले जनावरको संरक्षण गर्ने भनेपनि अतिक्रमण गरेर जनावरमाथि आक्रमण भइरहनु राम्रो नहुने बताए ।

“आज चितवनकै कुरा गर्ने हो भने बाघहरु कहाँ मारिएको छ रु मानव र बाघको द्वन्द्वले नै मानव र बाघ मारिएको हो । आज हात्तीकै कुरा गर्दाखेरि हात्ती र मानवको बिचमा द्वन्द्व भएर मानव मारिएको छ । हात्ती मारिएको छ । त्यो भनेको एउटा द्वन्द्वबाट निस्किएको आक्रोशले आक्रमण भइरहेको छ र क्राइमहरु बढिरहेको छ । यसलाई न्युनिकरण गर्नको लागि यो संवेदनशीलतालाई हामीले आफैँ मानवको रुपमा बुझ्न सक्दैनौ भने हामी केही गर्न सक्दैनौँ”,मन्त्री महतोले भने, “आज कोशी प्रदेशमा आएर मुख्यमन्त्रीज्युले हात्ती धपाउन पैदल यात्रा निकाल्ने भनिरहरनुभएको छ । म त्यहाँ जाँदा हात्ती आउने बाटो कहाँ हो रु पैदल कहाँबाट गर्दथ्यो, किन अहिले यस्तो भएको छ भनेर स्थानीय मानिसहरुलाई सोध्दा जहिले पनि त्यो हात्ती हिँड्ने बाटोमा अहिले पक्का घर बनेको छ । तर त्यसको लालपूर्जा छैन, नेपाल सरकारको जग्गा हो त्यो । तर त्यहाँ कसैले पनि हटाउन सकेनन् ।”

मन्त्री महतोले जंगलभित्र जनावरहरुका लागि आहार र जलको व्यवस्थापन गर्न नसक्दा पनि जंगली जनावरहरु बस्तीमा पस्ने गरेको बताए । राजनीतिक दलका नेताहरुको चुनावी आश्वासनका कारण दिनप्रतिदिन आक्रमण जंगल आक्रमण गरी भौतिक संरचना निर्माण हुने काम बढिरहेको जिकिर गरे ।

मन्त्री महतोले मानव-जनावर द्वन्द्व न्युनिकरणका लागि आवश्यक पहलका काम भइरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !