२८ आश्विन २०८१, सोमबार

समाजवादी मोर्चाको संयोजकमा विप्लव

प्रकाशित मिति :  18 February, 2024 11:10 am


काठमाडौँ । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।

बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताए ।

उनले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताए । मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने महासचिव गुरुङको भनाई छ ।

उनले भने,“समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो ।थुप्रै त्रुटीहरु छन्, ति त्रुटीहरुको सामना गर्दै मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । मोर्चा जति गतिशिल र प्रभावकारी बनाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रुपमा अघि बढाउनपर्छ भन्नेकुरा भएको छ ।”

मोर्चाको नेतृत्व यसअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गरेका थिए ।

बैठकमा कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि महासचिव गुरुङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !