२८ आश्विन २०८१, सोमबार

दुग्ध विकास संस्थानका महाप्रबन्धक झामाथि दुर्व्यवहार भएको भन्दै ३ कर्मचारी संगठनको विरोध

प्रकाशित मिति :  18 February, 2024 11:30 am


काठमाडौँ । दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार भएको भन्दै संस्थानमा क्रियाशील ३ कर्मचारी संगठनले विरोध जनाएका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारी संगठनले गुण्डागर्दी शैलीमा भएको सङघातिक आक्रमण भएको भन्दै घटनाको भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“संस्थानको कार्य सम्पादनको शिलसिलामा आफ्नो कार्य कक्षमा कार्य गरीरहेका संस्थानका महाप्रबन्धक ज्यू माथी केही अज्ञात उत्श्रृंखल व्यक्तिहरुले आफुलाई किसान महासंघ सदस्य भनि झुठा बिबरण टिपाई नियोजित रुपमा गुण्डागर्दी शैलीमा भएको सङघातिक आक्रमणप्रति हामी संस्थानमा क्रियाशिल तिनवटै ट्रेड युनियनहरु उक्त घटनाको घोर निन्दा र भर्सना गर्दछौं ।”

दुग्ध विकास संस्थानमा क्रियाशिल संघ, संगठनहरू स्थापना कालदेखि नै संस्थानको सुदृढिकरण र कर्मचारीहरूको वृत्ति विकासमा सर्मपित रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “संस्थानमा आई पर्ने हरेक चुनौतीहरूको संयुक्त रुपमा सामना गरिरहेका संघ संगठनहरू र संस्थानमा हुने विकृति र विसंगतिको विषयलाई निरन्तर रुपमा खबरदारी गरिरहेका छौँ ।”

संस्थानका महाप्रबन्धकमाथी केही अज्ञात उत्श्रृंखल व्यक्तिहरूले आफुलाई किसान महासंघ सदस्य भनि झुठा बिबरण टिपाई नियोजित रुपमा गुण्डागर्दी शैलीमा सङघातिक आक्रमण गरिएको भन्दै तीनवटै संगठनले आपत्ति जनाएका छन् ।

 नेपाल डेरी एसोसिएसनले पनी दुग्ध विकास संस्थान(डिडिसी) महाप्रबन्धक झामाथि भएको दुर्व्यवहारप्रति हिजाे विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियाे ।

महाप्रबन्धक झामाथि मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी निकट युवा संगठनले फागुन ४ गते कार्यकक्षमै दुर्व्यवहार गर्दै कालोमोसो दलेका थिए ।



प्रतिक्रिया दिनुहोस !