२८ आश्विन २०८१, सोमबार

प्रधानमन्त्रीलाई लामिछानेको प्रश्नः बालकुमारी घटनाका दोषी मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने?

प्रकाशित मिति :  18 February, 2024 1:34 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने कि नगर्ने भनि प्रधानमन्त्री पुष्पकमल दाहललाई प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आजकै बैठकमा प्रधानमन्त्री दाहालले त्यस प्रश्नको जवाफ दिनुपर्ने माग समेत गरे ।

सभापति लामिछानेले सो घटनामा दोषी करार मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा नदिएको, प्रधानमन्त्री दाहालले समेत चुइँक्क नबोलेकोमा आपत्ति जनाउँदै अब प्रधानमन्त्रीले सुशासनको भाषण गर्दै हिँड्ने नैतिकता समेत गुमाएको जिकिर गरे । सभापति लामिछानेले प्रधानमन्त्री आज संसदमा आफ्नो परीक्षामा दिनुपर्ने समेत बताए ।

उनले सरकारले सत्ता टिकाउनका लागि आफ्नो मान्छे जोगाउने र आफूहरूलाई फसाउने नियतका साथ भ्रष्टाचारलगायतको फाइल खोल्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालका परीक्षा अब सुरू भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !