२८ आश्विन २०८१, सोमबार

राजश्व छली, अवैध व्यापार नियन्त्रण गर्न सरकार कडा रूपमा प्रस्तुत हुन्छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  18 February, 2024 1:38 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजश्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न सरकार विशेष योजनासहित सरकार प्रस्तुत हुने बताएका छन् ।

आइतबार संघीय संसद प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले गरेको प्रश्नको जवाफ दिने क्रममा मुलुकका आर्थिक स्रोत बढाउन र विकास, निर्माणको काममा तिब्रता दिन सरकारले सो योजनालाई कडाईका साथ पालना गराउन लागि पर्ने विशेष नीति लिएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

उनले सरकारको आर्थिक स्रोत बढाउन पनि सो योजना कडाईका साथ लागू गर्न सरकार अघि बढेको बताए । प्रधानमन्त्री दाहालले वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई द्रुतता दिइने र त्यसले थप वैदेशिक सहयोग प्राप्त हुने आधार स्तम्भ तयार हुने विश्वास समेत व्यक्त गरे ।

उनले सरकारले पुँजीगत खर्च हुन नसक्नुका कारणहरुको स्पष्ट पहिचान गरेको भन्दै त्यसलाई बढाउन केही नयाँ पहल अगाडि बढाइको पनि दाबी गरे ।

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रले संकट पार गरेको उल्लेख गर्दै त्यसलाई लयमा फर्काउनका लागि आफूले सम्बन्धित मन्त्रालय र विभागसँग समाधानमुखि छलफल गरिरहेको पनि दोहो¥ए ।

प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्रलाई अघि बढाउनका लागि विकास आयोजनाहरुको वर्गीकरणको मापदण्ड तय गरी लागू गरेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !