२८ आश्विन २०८१, सोमबार

भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छः सांसद सुवाल

प्रकाशित मिति :  18 February, 2024 1:47 pm


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न नेताहरूलाई सफाइ दिनु नहुने बताएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले सो कुरा बताएका हुन् ।

नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न भिआइपीहरूलाई सफाइ दिन नहुने बताए । उनले संलग्नहरूलाई कारबाही गरी सुशासन कायम गर्नुपर्ने बताए । भारतले नेपाललाई सुक्ष्म व्यवस्थापनका लागि सहयोगको नाममा हात हालिरहेको भन्दै यसतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘भारतसँग नेपालको गोर्खा भर्ती, सुरक्षा मामिला, कालापानीमा भारतीय सेना, सुस्तामा नेपाली भुमि अतिक्रमण, गण्डक, महाकाली, माथिल्लो कर्णालीलगायत सन्धि सम्झौताबारे विवाद यथावत छ । तर भारतकै पैसामा भारततिर प्रधानमन्त्री, मन्त्री, सांसदहरुको भ्रमण भइरहेको छ । नेपालसँग के प्रधानमन्त्री भ्रमण गर्ने समेत पैसा छैन ?”

भारतीय दुताबासबाट सोझै २० करोडको योजना छनौट पनि बन्द हुनुपर्ने उनले बताए । भारतले नेपाललाई सुक्ष्म व्यवस्थापन गर्न सहयोगको नाममा हात हालिरहेको उनले बताए । आफ्नो देशका जनतालाई पहिले हेर्न जरुरी रहेको उनको भनाइ छ ।

उनले नेपाल स्काउट र रेडक्रसमा भएको भ्रष्टाचार छानविन गर्नपनि माग गरे ।



प्रतिक्रिया दिनुहोस !