२८ आश्विन २०८१, सोमबार

मलाई प्रधानमन्त्रीको कुर्सी हल्लिने डर छैनः दाहाल

प्रकाशित मिति :  18 February, 2024 2:48 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको कुर्सी हल्लिने डर नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद गणेश पराजुलीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीको कुर्सी हल्लिने डर नभएको बताएका हुन् ।

उनले आफूले नडराईकन विभिन्न भ्रष्टाचारका घटनाहरूको छानविन गराएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा नै १५\२० दिनको लागि मात्रै प्रधानमन्त्री भएको हो कि भन्ने सोचेको भन्दै सुरूदेखि नै सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सेवामा सुधार ल्याउने बारे मात्रै सोचेको बताए । ।

उनले भने, “माननीयज्यूले भनेजस्तो कुर्सी हल्लिने डर मलाई छैन । मलाई अहिलको प्रतिपक्षमा रहेका प्रमुख प्रतिपक्ष लगायतले प्रधानमन्त्री बनाउनु भयो । मैले १५ दिन हो कि २० दिन हो भन्ने सोचेको थिएँ । विश्वभरीको अध्ययन पनि गरेको थिएँ कतिओटा प्रधानमन्त्री १५÷२० दिनमा हटेका रहेछन् भनेर भारतमा १३ दिनमा अटल बिहारी बाजेपी हटेको देखेपछि आनन्द मानेको थिए मैले । त्यसकारण यो सरकार जाला कि भन्ने डर मलाई विल्कुल छैन ।”



प्रतिक्रिया दिनुहोस !