२८ आश्विन २०८१, सोमबार

भुक्तानी नपाएपछि चितवनका किसानले सडकमै पोखे दूध

प्रकाशित मिति :  18 February, 2024 4:57 pm


काठमाडौँ । दुग्ध किसानहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै दुध पोखेर बिरोध गरेका छन् । आइतबार चितवनका दुग्ध उत्पादक सहकारीका किसानले सडकमा दुध पोखेर बिरोध गरेका हुन् ।

जिल्लाका एक सय १५ भन्दा बढी दुग्ध सहकारी आबद्ध संस्था चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा दूध पोखेर विरोध जनाइएको हो।

भरतपुरको केन्द्रीय बस ट्रमिनल चोकस्थित सडकमा किसानले दुध पोखेका हुन् । लामो समयसम्म बेचेको दुधको भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दुधको बजारीकरणमा समस्या भएको भन्दै सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर बिरोध जनाएका हुन् ।

चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । त्यस्तै पाँच दिनदेखि दुध बिक्रि नभएको उनीहरूको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !