२८ आश्विन २०८१, सोमबार

शेखर कोइरालाको प्रश्नः काँग्रेस सधैँ कम्युनिष्टहरूको पछि लागेर हिँड्ने हो ?

प्रकाशित मिति :  18 February, 2024 5:06 pm


काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरूको पछि लागेर हिँड्ने हो ? भनि पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्।

जिल्लामा पार्टीका साथीहरूले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिनेगरी पार्टीको महासमिति बैठकमा प्रस्तुत हुन पनि उनले नेताहरूलाई आग्रह गरे ।

काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरूको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी सोमवार (भोलि) बाट सुरू हुने महासमिति बैठकमा गम्भिर रूपमा छलफल हुनपर्ने नेता कोइरालाको भनाइ थियो ।

पार्टी महासमिति बैठकको अघिल्लो दिन आइतवार (आज) काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर काँग्रेसले खुशी हुनुपर्ने कुनै कारण नभएको पनि दोहो¥याए ।

उनले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताए । विद्यमान निर्वाचन प्रणालीले कुनैपनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न काँग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने नेता कोइरालाको प्रस्ताव छ ।

उनले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटयान्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि काँग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताए ।

वरिष्ठ नेता कोइरालाले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभुति गर्न नसकेको जिकिर समेत गरे ।



प्रतिक्रिया दिनुहोस !