२८ आश्विन २०८१, सोमबार

प्रजातन्त्र दिवसको कार्यक्रममा पत्रकारलाई प्रवेश निषेधमा महासंघको ध्यानार्कषण

प्रकाशित मिति :  19 February, 2024 1:39 pm


काठमाडौं । प्रजातन्त्र दिवसको दिन आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएकोमा नेपाल पत्रकार महासंघले ध्यानार्कषण गराएको छ ।

सोमबार (आज) बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास प्राप्त पत्रकारलाई प्रवेश निषेध गरी समाचार संकलनमा अवरोध गरिएको भन्दै महासंघले ध्यानार्कषण गराएको हो ।

प्रजातन्त्र दिवस मनाउन गठन गरिएको मूल समारोह समितिले निमन्त्रणा दिएका पत्रकारलाई मात्र कार्यक्रममा प्रवेश दिएको थियो । प्रवेश नदिएपछि फोटो पत्रकारले क्यामेरा डाउन गरी विरोध जनाएका थिए ।

कुनै पनि बहानामा सार्वजनिक कार्यक्रममा पत्रकारलाई निषेध गरिनु प्रेस स्वतन्त्रताविरोधी हर्कत हुनुका साथै पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको महासंघले जनाएको छ ।

‘महासंघ पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी सार्वजनिक कार्यक्रममा सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।’ महासंले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कार्यक्रममा पत्रकारलाई मुल समारोहको निमन्त्रणा लिएर आउनु भन्दै प्रवेश निषेश गरिएको थियो । कार्यक्रममा प्रवेश नदििइएपछि पत्रकारहरूले क्यामरा डाउन गरेर सांकेतिक विरोध जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !