२८ आश्विन २०८१, सोमबार

पत्रकारिता क्षेत्रलाई विकसित, व्यवसायिक र समृद्ध बनाउन सरकार प्रतिवद्ध छः मन्त्री शर्मा

प्रकाशित मिति :  19 February, 2024 3:48 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

सोमवार राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील रहेको बताइन् ।

शर्माले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर÷अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताइन् ।

उनले भनिन्, “प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनेगरी आम सञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिनुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । नेपालको संविधानले अख्तियार गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील छ ।”

मन्त्री शर्माले सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरूले सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पु¥याउने र जनताको आशा, अपेक्षा र गुनासाहरूलाई सरकार समक्ष पु¥याउने कामका लागि सहजिकरण गर्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !