२८ आश्विन २०८१, सोमबार

अब संविधान संसोधनबारे छलफल प्रारम्भ गर्नुपर्छ : देउवा

प्रकाशित मिति :  19 February, 2024 4:03 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल सुरु गर्नुपर्ने बताएका छन् ।

ललितपुरको गोदाबरीमा सोमबार (आज)देखि सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताएका हुन् ।

‘संविधान जारी भएको ८ वर्ष भइसकेको बताउँदै देउवाले भने, ‘संविधानको कार्यान्वयन र रक्षा आजको मुख्य एजेण्डा हुन् । यो हाम्रो दायित्व पनि हो । संविधानको उचित कार्यान्वयनले देशमा शान्ति, सुशासन र विकास ल्याउन सकिन्छ । संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व हुन्छ ।’

त्यस्तै सभापति देउवाले कुनै एक पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने उनको जिकिर गरे ।

उनले भने, गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको हो, भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुन्छ ।



प्रतिक्रिया दिनुहोस !