२८ आश्विन २०८१, सोमबार

वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यू जारी

प्रकाशित मिति :  19 February, 2024 5:03 pm


रौतहट । वीरगञ्ज महानगरपालिकाका केही स्थानहरुमा जिल्ला प्रशासन कार्यालय वीरगञ्जे कर्फ्यू जारी गरेको छ ।

वीरगञ्जसम्ममा भएको प्रर्दशनमा स्थिति अनियन्त्रित बनेपछि अनिश्चितकालीन कर्फ्यू लगाएको विरगन्ज प्रशासनले जनाएको छ ।

रौतहटको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वती मूर्ति विसर्जनको क्रममा भएको दुई समुदायबीच विवाद वीरगन्जसम्म आइपुग्दा पनि मत्थर हुन सकेको थिएन ।

पर्साका सीडीओ दिनेश सागर भुसालले रौतहटमा दुई पक्षबीच विवाद र झडपको विषयलाइ लिएर वीरगञ्जको विरोध जुलुसले शान्ति सुरक्षामा असर परेको भन्दै साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेका छन् ।

सर्वसाधारणको सुरक्षामा जोखिम देखिएको भन्दै सीडीओ भुसालले सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले वीरगञ्ज महानगरपालिकामा केही सीमा क्षेत्र तोकेर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !