२८ आश्विन २०८१, सोमबार

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

प्रकाशित मिति :  20 February, 2024 11:06 am


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । एमालेको सातौं केन्द्रिय कमिटी बैठक आजदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने भएको छ ।

विहान ११ बजेदेखि सुरु हुने बैठक ३ दिन सम्म चल्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नुका साथै समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने गौतमले बताए ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !