२८ आश्विन २०८१, सोमबार

राप्रपाको चेतावनीः हाम्रो आन्दोलन व्यवस्था परिवर्तनको हो, ख्यालठट्टा नसोच्नुस्

प्रकाशित मिति :  20 February, 2024 3:44 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले पार्टीले बुधवारबाट सुरू गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन् ।

मंंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरे । उनले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तनक, मंहगी नियन्त्रण जस्तो आन्दोलन नभएको बताए । उनले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गरे ।

पार्टीका सांसद धवल समशेर जबराले राज्य पूर्णरूपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन सुरू गर्न लागेको बताए । उनले व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरे ।

सांसद जबराले आन्दोलन आफूहरूका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !