२८ आश्विन २०८१, सोमबार

टिआरसी पीडितमैत्री हुनुपर्ने अडानका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनु पर्‍योः ओली

प्रकाशित मिति :  20 February, 2024 4:18 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताएका छन्।

मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पटक(पटकको प्रस्ताव गरेको बताए।

उनले सो विधेयक पीडितमैत्री हुनुपर्ने आफूहरूको अडानका कारण अघि बढ्न नसकेको दाबी गरे। अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताएका छन्।

उनले सो विधेयक प्रचण्ड र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिरसमेत गरेका छन्। अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको पनि बताए।

अध्यक्ष ओलीले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस !