१ मंसिर २०८१, शनिबार

यस्ता छन् फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठ)

प्रकाशित मिति :  20 February, 2024 5:22 pm


काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

गत फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको हो । मंगलबार मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिएकी हुन् ।

मन्त्रीपरिषद्ले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासिय अनुमती (एलपिआर) लिएको देखिएकोले पदबाट हटाउने निर्णय पनि गरेको छ ।

त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०\०८१ को असार मसान्तसम्मका लागि अधिकृत स्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन् ।

उनकाअनुसार मन्त्रिपरिषद्ले राष्ट्रिय सूचना प्रविधि केन्द्रको काठमाडौँ, मकवानपुर, कोहलपुर र ललितपुरका कार्यालयहरूमा आर्थिक वर्ष २०८०\८१ को पुस १ गते देखि २०८१ साल असार मसान्तसम्मका लागि अधिकृत स्तरका २३ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू(पूर्णपाठ)



प्रतिक्रिया दिनुहोस !