२८ आश्विन २०८१, सोमबार

कांग्रेस महाधिवेसनमा आजबाट पेश भएका प्रस्ताव माथि छलफल हुँदै

प्रकाशित मिति :  21 February, 2024 8:08 am


काठमाडौँ । नेपाली कांग्रेसको ललितपुरमा जारी महाधिवेसनमा प्रस्तुत भएका प्रस्तावमाथि आजबाट छलफल हुने भएको छ ।

बैठकमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव र कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन पेस गरिसकेका छन्।

महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गरी पाँच प्रस्ताव वैठकमा पेस प्रस्तुत भएका छन्।

बुधवारदेखि फरक फरक हलमा प्रस्तावमाथि छलफलको कार्यतालिका रहेको नेपाली कांग्रेसले जनाएको छ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्नु नहुनेसमेतका विषयवस्तु समेटिएको प्रस्ताव मंगलवार मात्र पेस गरेका छन् ।

थापाले २० बुँदे सांगठनिक सुधारको कार्ययोजना पेश गरेका हुन्। महामन्त्री विश्वप्रकाश शर्माले पनि मंगलवार नै आफ्नो धारणा राख्नै प्रस्ताव पेस गरेका हुन्।

वैठक बिहीबारसम्म चल्नेछ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !