२८ आश्विन २०८१, सोमबार

दाङमा भएको मोटरसाइकल दुर्घटनामा राेल्पाका २ जनाको मृत्यु

प्रकाशित मिति :  21 February, 2024 11:02 am


काठमाडौँ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडकखण्डमा आज बिहान भएको मोटरसाईकल दुइघटनामा रोल्पाका २ जनाको मृत्यु भएको हो ।

रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !