२८ आश्विन २०८१, सोमबार

मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुको मसाल जुलुस

प्रकाशित मिति :  21 February, 2024 5:34 pm


काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै आज काठमाडौँको त्रिचन्द्र कलेजबाट मसाल जुलुस प्रदर्शन गरेको हो ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गएको थियो ।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हालै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको निष्कर्ष निकालिएको छ ।



प्रतिक्रिया दिनुहोस !