२८ आश्विन २०८१, सोमबार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

प्रकाशित मिति :  22 February, 2024 9:07 am


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा राष्ट्रिय महाधिवेशन तयारीबारे छलफल हुनेछ । जसपाले आगामी जेठ २८, २९ र ३० राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

यस्तै, बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने छ।



प्रतिक्रिया दिनुहोस !