१ मंसिर २०८१, शनिबार

एमाले र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अबरुद्ध

प्रकाशित मिति :  22 February, 2024 11:28 am


काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभाका बैठकमा विरोध जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत सार्वजनिक प्रश्न उठेका मन्त्रीहरूलाई हटाउन माग गर्दै दुबै पार्टीले सरकारकाे ध्यानाकर्षण गराएको हो ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गएको थियो ।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको निष्कर्ष निकालिएको छ ।



प्रतिक्रिया दिनुहोस !