१ मंसिर २०८१, शनिबार

एमालेले माग्यो तीन जना मन्त्रीको राजीनामा

प्रकाशित मिति :  22 February, 2024 11:55 am


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका हुन् ।

त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने उनले बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कानून विपरित ठहरिएको रामग्रामको कार्यक्रमा उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने बताए ।

उनले तीन मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस !